गण्डकीका तीन मन्त्रीले लिए शपथ

पाेखरा | माघ १०, २०७९

गण्डकीका तीन मन्त्रीले लिए शपथ

पोखराः  गण्डकी प्रदेशका ३ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । 


नेकपा एमालेबाट रोशन गाहा मगर आन्तरिक मामिला तथा कानुन मन्त्री, बेद बहादुर गुरुङ‘श्याम’ कृषि तथा जलस्रोत मन्त्री र नेकपा माओवादी केन्द्रबाट मन्त्री भएका रेशम जुग्जाली पर्यटन उद्योग र वन मन्त्रीलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन । 


हेनुहोस् कसले कुन मन्त्रालय पाए ? 


गण्डकी प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाएको छ । 


एमालेका खगराज अधिकारी मुख्यमन्त्री, सीता सुन्दास आर्थिक मामिला मन्त्री, रोशन गाहा मगर आन्तरिक मामिला तथा कानुन मन्त्री र बेद बहादुर गुरुङ‘श्याम’ कृषि तथा जलस्रोत मन्त्रीमा नियुक्त भएका हुन् । 


नेकपा माओवादीबाट हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्री, रेशम जुग्जाली पर्यटन उद्योग र वन मन्त्री भएका छन् । 


गण्डकीमा एक मन्त्रालय पाएको राप्रपाका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् । 

 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्